गृहपृष्ठ सुनकोसी नदीमा बेलिब्रिज सञ्चालन

सुनकोसी नदीमा बेलिब्रिज सञ्चालन

गाईघाट-दिक्तेल सडकअन्तर्गत सुनकोसी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको उक्त सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ ।

उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई उक्त सडक सञ्जालले जोड्छ । शनिबारदेखि गाईघाटबाट दिक्तेलसम्म डेढ दर्जन ठूला र साना सवारी साधन सञ्चालन हुन थालेको गाईघाट-दिक्तेल सडक कार्यालयका प्राविधिक राजेन्द्र जोशीले जानकारी दिए ।

नौ वर्षअघिदेखि निर्माण सुरु भएको सुनकोसीको पक्की पुल अझै पनि निर्माण सम्पन्न हुन सकेको छैन । सुनकोसीमा पानीको बहाव बढ्नासाथ बेलिब्रिज खोलिने र हिउँदमा बेलिब्रिज जडानकार्य सुरु हुने गरेको छ । (रासस)

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु