गृहपृष्ठ धनुषा विस्फोट : मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटे
धनुषा विस्फोट : मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटे
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महेन्द्रनगरका बमपीडित परिवारलाई भेटेका छन् । आइतबार बिहान मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा लगायतको टोलीले मृतक राजेश साहको घर पुगेर घटनास्थलको वस्तुस्थिति अवलोकन गरेका हुन् ।
पीडित परिवारलाई भेट्दै मुख्यमन्त्री राउतले घाइते सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए । उनले मृतक परिवारलाई मन्त्री परिषद्को बैठकबाट निर्णय गराई उचित राहतसमेत उपलब्ध गराउने आश्वासन दिए ।
टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, प्रदेश सभा सदस्य सिघासन साह कलबारलगायत सहभागी थिए ।
शनिबारको भएको बम विस्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको थियो । अन्य ७ जना घाइते छन् ।
प्रकाशित समय १४:३६ बजे
















