गृहपृष्ठ मन्दिर पुनर्निर्माण गर्न हिमालयन बैंकको ५ लाख सहयोग

मन्दिर पुनर्निर्माण गर्न हिमालयन बैंकको ५ लाख सहयोग

हिमालयन बैंक लिमिटेडले मन्दिर पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले पाटन दरबार क्षेत्रमा अवस्थित २०७२ सालको भुकम्पमा क्षतिग्रस्त भिमसेन मन्दिरको पुनर्निर्माणको लागि सहयोग प्रदान गरेको हो ।

सो रकम बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, स्थानीय व्यापारी तथा बैंक सञ्चालकहरु उपस्थित थिए ।

यसअघि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा पाटन दरबार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न १ करोड रुपैयाँ प्रदान गरेको थियो ।

प्रकाशित समय १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु