गृहपृष्ठ प्रदिप पौडेलको प्रश्न : सरकारले मार्क जुकरबर्गविरूद्ध रेड कर्नर नोटिस जारी गर्छ ?

प्रदिप पौडेलको प्रश्न : सरकारले मार्क जुकरबर्गविरूद्ध रेड कर्नर नोटिस जारी गर्छ ?

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलेले फेसबुक लगायतका सामाजिक सञ्जालहरु समेत नेपालमा दर्ता हुनुपर्ने प्रावधान समेटिएको सूचना प्रविधि विधेयकको विरोध गरेका छन् ।

बिहीबार माइतीघर मण्डलमा आयोजिक विरोध सभामा बोल्दै उनले नेपाली कांग्रेसले सो विधेयकको खुलेर प्रतिवाद गर्ने बताए । ‘फेसबुक नेपालमा दर्ता भएन भने सरकारले मार्क जुकरबर्गका विरूद्ध रेड कर्नर नोटिस जारी गर्छ, कि के गर्छ ?’ उनले प्रश्न गरे ।

संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कुण्ठित पार्न सरकार उद्यत रहेको नेता पौडेलको भनाइ थियो । सामाजिक सञ्जाललाई समेत अंकुश लगाउने तयारी गरेर सरकार निरंकुशतातर्फ अघि बढेको उनको आरोप थियो ।

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु