गृहपृष्ठ महासचिव पौडेलको प्रश्न- जनवर्गीय संगठनको एकतामा ढिलाइ किन ?

महासचिव पौडेलको प्रश्न- जनवर्गीय संगठनको एकतामा ढिलाइ किन ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले जनवर्गीय संगठनहरुको एकता गर्न किन ढिलाइ भएको भन्दै प्रश्न गरेका छन् ? अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकतापछिको सपथग्रहण कार्यक्रममा उनले भने, ‘ढिला भए पनि संगठन राम्रो बनेको छ, अब काममा केन्द्रित हुनुहोस् ।’

अनेरास्ववियुको एकता जेठ ३ गते हुनुपर्ने भए पनि पार्टी एकता भएको २० महिनापछि मात्र भएको थियो । अनेरास्ववियुमा एकतापछि तीनवटा केन्द्रीय निकाय र केन्द्रीय कमिटी ३३५ सदस्यीय छ । जसमध्ये १८० जना पूर्वअनेरास्ववियुबाट र १५५ जना पूर्व अनेरास्ववियु क्रान्तिकारीबाट छानिएका छन् । प्रत्येक आयोग २१ सदस्यीय छ ।

केन्द्रीय कमिटी तथा आयोग पदाधिकारीलाई राष्ट्रिय सभागृहमा महासचिव पौडेलले आइतबार सामूहिक सपथग्रहण गराएका छन् ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु