गृहपृष्ठ नेपाल इन्स्योरेन्सको बिमा शुल्क आइएमइ पे, इसेवा र खल्तीबाट तिर्न सकिने
नेपाल इन्स्योरेन्सको बिमा शुल्क आइएमइ पे, इसेवा र खल्तीबाट तिर्न सकिने
नेपाल इन्स्योरेन्सले श्रीपञ्चमीको अवसर पारेर अनलाइन पेमेन्ट गेटवे खुला गरेको छ । यससँगै नेपाल इन्स्योरेन्सका ग्राहकले आइएमइ पे, इसेवा र खल्तीबाट बिमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।
अनलाइन पेमेन्ट गेटवे खुला भएसँगै ग्राहकलाई थप सुविधा प्राप्त हुने र जोखिम हस्तान्तरण सहज हुने कम्पनी नायब महाप्रबन्धक विक्रान्त पाण्डेले जानकारी दिए । नेपालकै पुरानो बिमा कम्पनी नेपाल इन्स्योरेन्सका मुख्य कार्यालयसहित देशभर ४८ शाखा छन् ।
प्रकाशित समय १५:०७ बजे

















