गृहपृष्ठ ‘चीनमा रहेका नेपालीको उद्धार रेल आएपछि गरिन्छ प्रधानमन्त्री ज्यू ?’

‘चीनमा रहेका नेपालीको उद्धार रेल आएपछि गरिन्छ प्रधानमन्त्री ज्यू ?’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चीनमा रहेका नेपालीको उद्धारमा ढिलाइ भएको भन्दै टिप्पणी गरेका छन् ।

प्रवक्ता शर्माले ट्वीटमार्फत चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा ? कोही शव भएपछि बाकसमा ? कि पछि चीनबाट रेल आएपछि डब्बामा ? उद्धार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू ?’

शर्माले अगाडि लेखेका छन्, ‘बहिनी प्रमिलाको दाइ सम्पादक कृष्णज्वाला देवकोटाको क्रन्दन पढ्नुभयो ? जवाफ दिने ‘मुटु’ र उद्धार गर्ने हात छन्, छैनन् सरकारसँग ?’

प्रकाशित समय १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु