गृहपृष्ठ एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई किन्दै
एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई किन्दै
एनएमबी बैंकले कञ्चनपुरको महेन्द्रनगरमा मुख्य कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुई बैंक गाभ्ने गाभिनेसम्बन्धी सम्झौतापत्रमा माघ २६ गते हस्ताक्षर भएको हो ।
ख वर्गको कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबी बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको बैंकले जनाएको छ । ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यसहित दुई बैंक एक हुन लागेका हुन् ।
एनएमबी बैंक नेपालको बैंकिङ क्षेत्रमा सफल बैंकको पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि इयरबाट सम्मानित भइसकेको छ । कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी गरी पाँच जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यो बैंकका १७ वटा शाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।
कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात एनएमबी बैंकका सुदूरपश्चिम प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या चार पुग्नेछ । यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारणलाई थप बैंकिङ सेवा प्रदान गर्न सक्षम हुनेछ विश्वास लिएको छ ।
प्रकाशित समय १६:०७ बजे

















