गृहपृष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग : कुन क्लबलाई कति पुरस्कार ? को-को बने उत्कृष्ट ?

सहिद स्मारक ‘ए’ डिभिजन लिग : कुन क्लबलाई कति पुरस्कार ? को-को बने उत्कृष्ट ?

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ४३औं संस्करण सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गर्दै मच्छिन्द्र क्लबले लिगमा ऐतिहासिक उपाधि जितेको छ ।

उपाधिसँगै मछिन्द्रले ५० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शीर्ष ६ स्थानमा रहने टिमलाई पुरस्कृत गरेको छ ।

कुन क्लबले कति पुरस्कार ?

विजेता – मछिन्द्र – ५० लाख
उपविजेता – आर्मी – ३५ लाख
तेस्रो – मनाङ मर्स्याङ्दी – २५ लाख
चौंथो – थ्री स्टार – १५ लाख
पाँचौं – नेपाल पुलिस – ७ लाख
छैटौं – जावलाखेल युथ – ५ लाख

व्यक्तिगतर्फ उत्कृष्ट ५ (१ लाख ५० हजार रुपैयाँ)

उत्कृष्ट गोलकिपर- दिप कार्की (मनाङ मर्स्याङ्दी)
उत्कृष्ट डिफेण्डर- अनन्त तामाङ (थ्री स्टार)
उत्कृष्ट मिडफिल्डर- विशाल राई ‘बी’ (मछिन्द्र)
उत्कृष्ट फरवार्ड-भरत खवास (त्रिभुवन आर्मी)
उत्कृष्ट प्रशिक्षक- प्रवेश कटवाल (मछिन्द्र)

मणि शाह युवा ईमर्जिङ खेलाडी (१ लाख रुपैयाँ )

दर्शन गुरुङ (एनआरटी)

फेयर प्ले टीम (१ लाख ५० हजार रुपैयाँ)

थ्री स्टार क्लब

यो पनि पढ्नुहोस् : इतिहास रच्दै मछिन्द्रले जित्यो उपाधि, आत्मघाती गोलमा आर्मी स्तब्ध

प्रकाशित समय १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु