गृहपृष्ठ तीव्र उतारचढावबीच बढेर बन्द भयो सेयर बजार

तीव्र उतारचढावबीच बढेर बन्द भयो सेयर बजार

तीव्र उतारचढावबीच मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य बढेर बन्द भएको छ । दुई दिनमा ५३ अंक बढेपछि नाफा बुक गर्नेहरू सक्रिय भएसँगै बजारमा तीव्र उतारचढाव आएको छ । बजार खुलेको १० मिनेट (११:१० बजे) मै १६ अंकले बढेर १४१६.५३ अंकमा पुगेको थियो ।

त्यसपछि आधा घण्टाको अवधिमा बजार घटेर १३९५.६६ अंकमा आइपुग्यो । २१ मिनेटपछि १२ बजेर ३ मिनेट जाँदा बजार फेरि १४१३.०९ अंकमा उक्लियो । मध्य समयमा १ बजेर ६ मिनेट जाँदा बजार १४००.०५ अंकसम्म झरेको थियो । त्यसको १६ मिनेटपछि नेप्सेले १४०५.९५ अंक छोयो । यससँगै लगातार घट्न थालेको सेयर बजार २ बजेर ३९ मिनेट जाँदा १३८७.६९ अंकमा आइपुगेको थियो । पछिल्लो २१ मिनेटमै बजार बजार करिब १३ अंकले बढेर १४००.०१ अंकमा बन्द भएको छ ।

अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेका कारण मंगलबारको बजारमा तीव्र उतारचढाव आएको हो । होटल, जलविद्युत, वित्त, निर्जीवन बिमा, जीवन बिमा, अन्य र लघुवित्त समूह ओरालो लाग्दा बैंक, व्यापार, विकास बैंक, उत्पादनमूलक र म्युचुअल फन्ड समूह सामान्य बढेका छन् ।

कुल १८१ कम्पनीको ५४ लाख ६८ हजार ४८३ कित्ता सेयर २ अर्ब १२ करोड ५९ लाख रूपैयाँमा किनबेच हुँदा एनआइसी एसिया बैंकको सर्वाधिक १० करोड ६५ लाख रूपैयाँको सेयर खरिद‑बिक्री भएको छ । त्यस्तै एनएमबी बैंकको ९ करोड ५९ लाख र हिमालयन डिस्टिलरीको ९ करोड १४ लाख रूपैयाँबराबरको सेयर किनबेच भयो ।

मंगलबार कालिका माइक्रोकेडिट डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोको करिब १० प्रतिशत मूल्य बढेको छ । सामान्य बढेको बजारमा ५४ कम्पनीका  लगानीकर्ताले कमाएका छन् ।

यो पनि पढ्नुहोस् 

नेप्से १४०० नजिक, दुई दिनमै ५३ अंकको वृद्धि, साढे ४ अर्बको कारोबार

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु