गृहपृष्ठ प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन सुरु

प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन सुरु

कर्णाली प्रदेशमा बुधबारदेखि ‘प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६’ सुुरु भएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन सुुरु भएको हो ।

सम्मेलनमा अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन, अवसर, चुनौती, नीति तथा भावी कार्यदिशा विषयमा छलफल हुनेछ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, भारतका कृषि, पर्यावरणीय लेखक, सम्पादक तथा अभियन्ता भरत मन्सता, सुकदेव सिंह र मणिराम पुनियाले कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसका साथै नेपालका अर्गानिक विज्ञ छवि पौडेल, गैरसरकारी संस्था लिवर्ड नेपालका पिताम्बर श्रेष्ठ, मन्त्रालयका अधिकृत धनवहादुर कठायत, प्रकृति मानवकेन्द्रित जनअभियानका प्रतिनिधि माया गौतम केसी र विन्दुराज सापकोटाले समेत आफ्नो अनुभव तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनको दोस्रो दिन भारतका अर्गानिक अभियन्ता तथा विज्ञ घनश्याम डेमोक्रेट, नेपालका अभियन्ता तथा विज्ञ उद्धव अधिकारी, डिलाराम भण्डारी, डा. भानु पोखरेल, कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधि, विज्ञ रामकृष्ण श्रेष्ठ, अर्गानिक विज्ञ डा. कृष्ण पौडेलबाट कार्यपत्र प्रस्तुत हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव हरिप्रसाद पण्डितले जानकारी दिए ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु