गृहपृष्ठ जनमतको दुरुपयोग गर्दै सरकार कम्युनिष्ट पद्धतितर्फ उन्मुख भयो : पौडेल
जनमतको दुरुपयोग गर्दै सरकार कम्युनिष्ट पद्धतितर्फ उन्मुख भयो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनताको मत दुरुपयोग गर्दै कम्युनिष्ट पद्दतीतर्फ उन्मुख भएको बताएका छन् ।
नेपाली कांग्रेस धरान नगरसमितिद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले भने, ‘अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको थिए । उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् ।’
सरकारले काम गर्नुको साँटो प्रचारमुखी बढी भएको बताए । उनले भने, ‘कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिष्ट पद्दतीलाई अगाडि बढाउन बहस सुरु गरेका छन् । कामभन्खा पनि प्रचार बढी भएको हामीले महशुष गरेका छौं ।’
उनले नेपालमा कम्युनिष्टले राज्य व्यवस्थालाई अब सर्वसत्तावादतर्फ उन्मुख गराएको आरोप लगाए । २०४६ सालमा कम्युनिष्ट नारा चल्दैन भनेर जनताको बहुदलीय जनवाद भनेर जनतालाई झुक्याएका थिए ।’
प्रकाशित समय १०:१० बजे
















