गृहपृष्ठ पशुपति मन्दिर परिसरमा मनै लोभ्याउने सजावट (फोटो फिचर)
पशुपति मन्दिर परिसरमा मनै लोभ्याउने सजावट (फोटो फिचर)
पशुपति क्षेत्रमा महाशिवरात्री पर्वको रौनक छाएको छ । प्रत्येक वर्षमा लाग्ने यो पर्वमा करिब ४०/५० लाख दर्शनार्थीले अवलोकन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
ज्योतिषका अनुसार महाशिवरात्रीको शुक्रबार साँझ ५ः४० बजेसम्म बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार साँझ १८ः३७ बजेसम्म छ ।
मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज बिहान ३ बजे नै पशुपतिका चार ढोका खुल्ला गरिएको छ । यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको छ ।
यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । नेपाललगायत विदेशबाट फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

दर्शनका लागि पाँच वटा लाइन यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।















प्रकाशित समय ०८:४९ बजे

















