गृहपृष्ठ गच्छदारतर्फका ११ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
गच्छदारतर्फका ११ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट ११ जना सदस्य केन्द्रीय सदस्यमा मनोनित गरेको छ । सांगठनिक संरचना समायोजन गर्न भएको सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
मनोनयन हुनेहरुमा कैलालीबाट रामजनम चौधरी, सिरहाबाट मो. नसिर सिद्धिकी, झापाबाट भारतेन्दुकुमार मल्लिक, सप्तरीबाट हेमराज तातेड, बर्दियाबाट गोपाल दहित र मंगलप्रसाद थारु, दाङबाट योगेन्द्र चौधरी, मोरङबाट हरिप्रसाद न्यौपाने र पवनकुमार सारडा तथा सुनसरीबाट सुमित्रा थरुनी र कल्पना चौधरी छन् ।
प्रकाशित समय १८:१४ बजे
















