गृहपृष्ठ साताको सेयर : ३ दिनमात्र कारोबार, बजार उतारचढावपूर्ण

साताको सेयर : ३ दिनमात्र कारोबार, बजार उतारचढावपूर्ण

धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोबार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मंगलबार खुलेको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो ।

साताभर कूल १८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९११ कित्ता सेयर चार अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ रूपैयाँमा खरिदविक्री भए । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो ।

नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मंगलबार खुलेको बजारमा कारोबारको सुरुआतीदेखि नै ओरालोको यात्रा तय गरेको थियो । नेप्सेका अनुसार त्यस दिन नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो ।

नेप्से ८६.३९ अंकले घटेर एक हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता सेयर एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३००  रूपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै मंगलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अंकले बढेर एक हजार ४२३.०९ मा पुगेको थियो । कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता सेयर दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिदविक्री भयो ।

साताको अन्तिम दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो । त्यस दिन नेप्से ४५.९१ अंकले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता सेयर दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ रूपैयाँ बराबरको कारोबार भए ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु