गृहपृष्ठ प्रदेश २ : स्थायी राजधानी र नामकरणका लागि निर्वाचन
प्रदेश २ : स्थायी राजधानी र नामकरणका लागि निर्वाचन
प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि अन्तिम निर्णय लिन निर्वाचन भइरहेको छ । सांसदहरुले निर्वाचन प्रक्रिया अपनाउँदै आज मतदानमार्फत राजधानी र नामबारे अन्तिम निर्णय लिँदैछन् ।
दलीय सहमति हुन नसकेपछि अन्ततः लोकतान्त्रिक पद्धति अपनाउँदै आज बिहान ११ बजेबाट मतदान भइरहेको प्रदेशसभा सचिवालयका सचिवसमेत रहेका मतदान अधिकृत रंजित यादवले जानकारी दिए ।
प्रदेशसभामा भदौ ५ गते नै दर्ता भएको स्थायी राजधानी तथा नामकरणसम्बन्धी प्रस्ताव राजनीतिक सहमति हुन नसक्दा लामो समयसम्म ओझेलमा परेको थियो । सोमबार बसेको प्रदेशसभा बैठकबाट मंगलबार मतदान गर्ने सहमति भएको हो ।
प्रदेश २ को राजधानीको विषयमा जनकपुरधाम राख्ने दलीय सहमति भइसकेको छ । तर नामकरणका बारे भने सहमति हुन नसकेकाले मतदान प्रक्रियाबाट निर्णय लिन लागिएको हो ।
समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा मधेस, नेकपाले जानकी तथा कांग्रेसले मिथिला–भोजपुराको नाम प्रस्ताव गरेका छन् । कांग्रेसकै अर्को एक पक्षले मध्यमधेसको प्रस्ताव दर्ता गराएको छ ।
प्रकाशित समय १२:१८ बजे
















