गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैंकको नयाँ एक्स्टेन्सन काउण्टर चाँगुनारायणमा
नेपाल इन्भेस्टमेन्ट बैंकको नयाँ एक्स्टेन्सन काउण्टर चाँगुनारायणमा
नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका- ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकको यो १७औं एक्सटेन्सन काउन्टर हो ।
ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित एक्स्टेन्सन काउण्टर विस्तार गरिएको बैंकले जनाएको छ । बैंकले ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर तथा ५६ शाखारहित बैंकिङ काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले पाँचपटक बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक-२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ ।
प्रकाशित समय १७:३८ बजे

















