गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा उपचारवापत बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा उपचारवापत बीमा रकम भुक्तानी

nic-asia-bank-newskarobar

एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषीध्उपचार बिमाअन्तर्गत १५ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले मंगलबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोलेवापत उक्त रकम प्राप्त गरेका हुन् । आफ्नो ओपन हर्ट सर्जरी भएपश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत उनले बिमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकले बिमा वापतको ८७ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

बिमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यअनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधासहित तीन किसिमका बिमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्र्तगत खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त बिमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँ सम्मको बिमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बिमा सुविधा र १ लाख सम्मको औषधि उपचार बिमा सुविधा प्राप्त गर्न सकिनेछ ।

औषधि उपचार बिमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपीडी) उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्नावापत ८० हजार रुपैयाँ सम्मको बिमा सुविधा प्रदान गर्नेछ ।

प्रकाशित समय २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु