गृहपृष्ठ उदयपुरमा तीन वटा निःशुल्क एम्बुलेन्स
उदयपुरमा तीन वटा निःशुल्क एम्बुलेन्स
उदयपुरका एम्बुलेन्स सञ्चालकहरूले नोबल कोरोना भाइरस (कोभिड–१९)को सम्भाव्य बिमारीको उपचार व्यवस्थापनका तीन वटा निःशुल्क ‘प्रोटेक्टिभ एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेका छन् ।
जिल्ला जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीको अध्यक्षतामा मंगलबार बसेको एम्बुलेन्स सञ्चालक तथा स्थानीय निकायका प्रमुखहरूसमेतका सहभागिताको बैठकले व्यक्तिगत सुरक्षा व्यवस्था (पीपीई)सहित प्रोटेक्टिभ एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । यसको व्यवस्थापन त्रियुगा नगरपालिकाले गर्नेछ ।

नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मीहरूको सम्भाव्य जोखिम न्यूनीकरणका लागि प्रत्येकमा २ वटाका पीपीइ पनि त्रियुगा नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।
कोभिड–१९को सम्भावित संक्रमण फैलन नदिन त्रियुुगा नगरपालिकाका लालपत्ता, जोगीदह, साउने, बहेडवा र चुहाडेमा हेल्प डेस्क स्थापना गरी नगरवासीको तापक्रम नाप्ने व्यवस्था गरिनेसमेत बैठकले निर्णय लिएको छ ।
प्रकाशित समय १६:४४ बजे
















