गृहपृष्ठ अमेरिकी डलरको भाउ १२२ रुपैयाँ पुग्यो, अन्य देशको कति ? (सूचीसहित)
अमेरिकी डलरको भाउ १२२ रुपैयाँ पुग्यो, अन्य देशको कति ? (सूचीसहित)
आज शनिवार अमेरिकी डलरको भाउ बढेको छ । केही दिनयता विभिन्न देशको विनिमयदर बढीरहेको छ । त्यसै सन्दर्भमा अमेरिकी डलरको भाउ १२१ रुपैयाँ ५८ पैसा खरिददर र १२२ रुपैयाँ १८ पैसा बिक्रीदर पुगेको छ ।
त्यस्तै युरोपियन युरोको खरिददर १३१ रुपैयाँ १५ पैसा र १३१ रुपैयाँ ८० पैसा विक्रीदर रहेको छ । त्यस्तै युके पाउण्डमा एकको १४९ रुपैयाँ ३६ पैसा खरिददर र १५० रुपैयाँ १० पैसा विक्रिदर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार आज क्यानडियन डलर एकको ८५.६९ रुपैयाँ खरिददर र ८६.१२ रुपैयाँ बिक्रिदर रहेको छ । त्यस्तै जापानीज एनको १० को ११.२० खरिददर र ११.२६ रुपैयाँ विक्रीदर रहेको छ ।

प्रकाशित समय ०७:२७ बजे

















