गृहपृष्ठ डब्लुएचओको ठहर : स्वाइन फ्लुभन्दा कोरोना १० गुणा खतरनाक

डब्लुएचओको ठहर : स्वाइन फ्लुभन्दा कोरोना १० गुणा खतरनाक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक भएको ठहर गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा भने, ‘कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक छ, प्रभावकारी भ्याक्सिन नबनेसम्म कोरोना संक्रमण पूर्णरुपमा रोकिँदैन ।’

सन् २००९ मा अमेरिका र मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लु (एच१ एन१)ले विश्वभर १८ हजार ५ सय मानिसको ज्यान लिएको थियो । कोरोनाबाट मंगलबार बिहानसम्ममा २० लाख मानिस संक्रमित छन् भने १ लाख १९ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

कोरोनाभाइरसको औषधि भने अझै पत्ता लागेको छैन । यसको खोप आउन १८ महिनासम्म लाग्न सक्ने बताइएको छ ।

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु