गृहपृष्ठ वीरेन्द्रनगरमा पूर्व सावधानी गृह स्थापना

वीरेन्द्रनगरमा पूर्व सावधानी गृह स्थापना

birendranagar nagarpalika

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पूर्व सावधानी गृह निर्माण गरेको छ ।

लकडाउनको समयमा पनि बाहिरबाट आउने मानिसहरुको भीड कम नभएपछि नगरले सावधानी गृह निर्माण गरेको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिका ८ को बालमन्दिर विद्यालयमा ३५ बेड क्षमताको सावधानी गृह निर्माण गरिएको हो ।

नगरका र लकडाउनको कारण घर जान नपाएका देशभरका नागरिकलाई खाने र बस्ने व्यवस्थासहित गृह निर्माण गरिएको उनले बताए । हिजो आइतबार गृहको निर्माण गरी जुम्लाका ८ जनालाई खाने बस्ने व्यवस्था गरि घर पठाइएको र बबईमा अलपत्र परेका ११ जनामध्ये पन्चपुरी नगरपालिकामा ४ जनालाई घर पठाइएको पौडेलले जानकारी दिए ।

बाँकी ७ जना गृहमा नै बस्दै आएको उनले बताए । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले हालसम्म नगरले १५ हजार घरपरिवारलाई राहत वितरणसमेत गरेको जानकारी दिइन् ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु