गृहपृष्ठ संयम र सद्भाव साथ परिस्थितिको सामना गरौं : देउवा

संयम र सद्भाव साथ परिस्थितिको सामना गरौं : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिम सामना गर्न परीक्षणको दायरा समुदाय स्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । पर्याप्त स्वास्थ सामग्री एवं राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने उनको भनाइ छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै देउवाले ‘कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि म अपील गर्दछु । आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपील गर्दछु । सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु’ भनेका छन् ।

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु