गृहपृष्ठ अध्यादेश प्रकरणमा गाँसिएको अपराधलाई उन्मुक्ति दिन मिल्दैन : कांग्रेस

अध्यादेश प्रकरणमा गाँसिएको अपराधलाई उन्मुक्ति दिन मिल्दैन : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अध्यादेश फिर्ता हुँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नहुने बताएकाे छ । विज्ञप्ति जारी गर्दै कांग्रेसले ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन नमिल्ने उल्लेख गरेकाे छ ।

‘चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा सञ्चार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भइसकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील गर्दछ’ कांग्रेसको विज्ञप्तिमा भनिएकाे छ ।

‘अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन । नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहीको संलग्नता रहे पनि ईमान्दार कानूनी कारबाहीका लागि अपील गर्दछ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु