गृहपृष्ठ सांसद ‘अपहरण’ प्रकरणमा जाहेरी दर्ता गर्न प्रहरीको आनाकानी !

सांसद ‘अपहरण’ प्रकरणमा जाहेरी दर्ता गर्न प्रहरीको आनाकानी !

जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले आफ्ना सांसद डा. सुरेन्द्र यादवको अपहरणसम्बन्धी  कसुरमा संलग्न विरुद्धको जाहेरी लिन प्रहरीले नमानेको बताएका छन् । जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरिरहेको उनीहरूको भनाइ छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमीलगायत जसपाका शीर्ष नेताहरु निवर्तमान आइजीपी सर्वेन्द्र खनाल तथा सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध किटानी जाहेरी लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ‘यत्रो देशविदेश तरंगीत गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसरमा समयभित्र विधिसम्मत ढ‌ंगले जाहेरी दनि लाग्दा दर्ता गन्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’ भनी ट्विट गरेका छन् ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु