गृहपृष्ठ जापान सरकारद्वारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान गर्ने निर्णय
जापान सरकारद्वारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान गर्ने निर्णय
फाइल तस्बिर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गर्ने निर्णय गरेको छ । जापान सरकारले बिहीबार वरिष्ठ नेता पौडेललाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
जापान सरकारले प्रदान गर्ने ग्रान्ड कार्डन अफ दि अर्डर अफ द राइजिङ सन अवार्ड पौडेललाई प्रदान गर्ने भएको हो । पौडेललाई नेपाल‑जापान सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो अवार्ड दिइएको दूतावासले जनाएको छ ।
पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान‑नेपाल फ्रन्डसिप पार्लिमेन्टेरियन कमिटी गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको जनाइएको छ ।
प्रकाशित समय १२:२९ बजे
















