गृहपृष्ठ राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकमा देवकोटा
राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकमा देवकोटा
राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छन् । कांग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गरेका कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को दफा १३ को उपदफा ९२० बमोजिम उनलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् । यसअघि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको सचेतक रहेका सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।

प्रकाशित समय ०७:०४ बजे
















