गृहपृष्ठ आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान नारायणकाजीको अनुरोध

आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान नारायणकाजीको अनुरोध

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेका छन् । बुधबार ट्वीट गर्दै उनले आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने पनि उल्लेख गरेका छन् ।

आफूलाई सुरक्षा खतरा महसुस नरहेकाले राज्यको आवश्यकताका लागि कुनै पनि बेला सुरक्षाकर्मी फिर्ता लैजान उनले अनुरोध गरेका छन् । पछिल्लोसमय सीमामा भारतीय अतिक्रमण बढेको र लकडाउनको बेला सीमा नाकामा हुने अवैध प्रवेश रोक्न सुरक्षाकर्मी अपुग भएकाले राजनीतिक दलका नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने चर्चा चलिरहेको छ ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु