गृहपृष्ठ एनएमबी बैंकमा भाइबरबाटै खाता खोल्न सकिने

एनएमबी बैंकमा भाइबरबाटै खाता खोल्न सकिने

फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजनामा सफलता पाएसँगै एनएमबी बैंकले भाइबरमा च्याट गरेर खाता खोल्न सकिने सेवा सुरु गरेको छ । वर्तमान प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्नै भाइबरबाट खाता खोल्ने सुविधा सुरु गरेको बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ सेवाको दायरा अभिवृद्धि गर्दै ग्राहकलाई सहजताप्रदान गर्न घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरु रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशामा उन्मुख रहँदै बैंकले भाइबरकै प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवा ल्याएको हो । यसलाई बैंकले सुरक्षाको मामिलामा कुनै सम्झौताबिना ग्राहकलाई वित्तीय कारोबारहरु सम्पादन गर्न सहयोग पुर्‍याउने एक महत्वपूर्ण योजनाको रुपमा लिएको छ ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु