गृहपृष्ठ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (प्रत्यक्ष प्रसारण)

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (प्रत्यक्ष प्रसारण)

सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी (प्रत्यक्ष प्रसारण) ।

नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा एवं संरक्षण गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिइने उनले बताइन् । ‘ऐतिहासिक सन्धी, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समय‑समयमा उठिरहेका विषयहरुको समाधान गरिनेछ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ । तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु