गृहपृष्ठ ट्रम्पको आरोप‑ डब्लुएचओ चीनको कठपुतली

ट्रम्पको आरोप‑ डब्लुएचओ चीनको कठपुतली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको ‘कठपुतली’ बनेको आरोप लगाएका छन् । डब्लुएचओले अमेरिकालाई अति खराब र डरलाग्दा सुझाव दिएको, जहिले पनि गलत रहेको र चीनको मात्रै पक्ष लिएको उनको आरोप छ ।

अहिले डब्लुएचओले भिडियो कन्फ्रेन्सिङमार्फत दुई दिने स्वास्थ्य सम्मेलन गरिरहेको छ । डब्लुएचओको ७३औँ वार्षिक सम्मेलनमा ट्रम्प आफैँ सहभागी छैनन् । सम्मेलनमा अमेरिकाको तर्फबाट स्वास्थ्यमन्त्रीले भाग लिएका छन् ।

डब्लुएचओले कोरोनाभाइरसको संकटको गलत व्यवस्थापन गरेको आरोप लगाएको छ । सम्मेलनमा सोही कारण धेरै व्यक्तिको ज्यान गएको अमेरिकी स्वास्थ्यमन्त्रीले बताएका छन् । अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग भने रोक्का गरिसकेको छ ।

प्रकाशित समय ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु