गृहपृष्ठ सुदूरपश्चिममा २२ हजार जनाको कोरोना परीक्षण

सुदूरपश्चिममा २२ हजार जनाको कोरोना परीक्षण

सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार ६ सय ९७ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । प्रदेशमा केही समय किटको अभावमा परिक्षण रोकिए पनि अहिले दैनिक परीक्षण भइरहेको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट तीन हजार ८ सय ३७ र आरडीटी विधिबाट १८ हजार ८ सय ६० जनाको परीक्षण गरिएको छ । प्रदेश अब १ सय ९४ जनाको रिपोर्ट आउन बाँकी रहेको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । उनका अनुसार प्र्रदेशमा अहिले ३ सय ९२ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् । अवस्थीले प्रदेशमा अहिले आरडीटी किट भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) मौज्दात रहेको बताए ।

प्रदेशमा अहिलेसम्म सबैभन्दा बढी कोरोना परीक्षण कैलालीमा भएको छ । कैलालीमा १ हजार २ सय ४६ पीसीआर र ६ हजार ७ सय ८६ जनाको आरडीटी विधिबाट परिक्षण भएको छ । त्यस्तै कञ्चनपुरमा ३ सय ५५ पीसीआर र २ हजार ५ सय ४ जनाको आरडीटी परिक्षण गरिएको छ ।

अछाममा २ सय ६७ पीसीआर एक हजार १ आरडीटी, बाजुरा १ सय ६२ पीसीआर र १ हजार २ सय २९ आरडीटी, डोटीमा ३ सय ५० पीसीआर र १ हजार ५ सय ५२ आरडीटी, डडेल्धुरामा २ सय ७५ पीसीआर र ३ सय ५१ जनामा आरडीटी परीक्षण गरिएको निर्देशक डा. अवस्थीले जानकारी दिए । उनका अनुसार बैतडीमा ४ सय ६५ पीसीआर र २ हजार ७६ आरडीटी र दार्चुलामा ४ सय ६९ पीसीआर र १ हजार ६ सय ६८ आरडीटी परिक्षण गरिएको छ ।

प्रदेशमा ५ जना कोरोना संक्रमित निको भएपछि अहिले नयाँ कोरोना संक्रमित नभएको मन्त्रालयले जनाएको छ । यस्तै आइसोलेसनमा राखी सामान्य उपचारपछि १ सय ४७ जना घर फर्किसकेका छन् । धनगढी प्रयोगशालामार्फत गएराति ७१ जनाको कोरोना परीक्षण गरिएको छ । कैलाली ३९, कञ्चनपुर १७, डोटी र बाजुरा ४/४, बैतडी र दार्चुला २/२, बझाङ, दाङ र बर्दियाका एक/एक वटा नमूना परीक्षण गरिएको छ ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु