गृहपृष्ठ कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, संविधान संशोधन प्रस्तावबारे छलफल हुने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, संविधान संशोधन प्रस्तावबारे छलफल हुने

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । जेठ १७ गते पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव पौडेलले जनाएका छन् । उनका अनुसार संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

यसैबीच संविधान संशोधनको विषय संसदको कार्यसूचीमा राखेर अन्तिम समयमा हटाएको बारेमा जानकारी दिन बिहीबार दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्ने कांग्रेसको तयारी छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नयाँ नक्सा जारी भएपछि सोहीअनुसार निसान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन प्रस्ताव दर्ता भएको हो । सो प्रस्ताव बुधबार संसदमा दर्ता गर्ने भनिए पनि अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको थियो ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु