गृहपृष्ठ कोरोना नियन्त्रणमा प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण : अर्थमन्त्री
कोरोना नियन्त्रणमा प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण : अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण देखिएकाले स्रोत अभावका बाबजुद बजेट वितरणमा कन्जुस्याइँ नगरिएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि जेठ १५ गते सार्वजनिक बजेटमाथिको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश र स्थानीय सरकारको भूमिका प्रभावकारी देखिएकाले समानीकरण र सशर्त अनुदानको बजेट कम नगरिएको बताएका हुन् ।
प्रदेश र स्थानीय तहको भूमिकामाथि केन्द्र सरकारले बेवास्ता गरिरहेको आरोपका बीच अर्थ एवं सूचना तथा सञ्चारमन्त्री खतिवडाले त्यस्तो नभएको स्पष्ट पारे । त्यस्तै श्रम बजारमा नयाँ रोजगारी सिर्जनाभन्दा पनि भएका रोजगारीको व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उनले जानकारी गराए । ‘निजी क्षेत्रसँगको छलफलका क्रममा दसौँ लाख विदेशी कामदार रहेको पाइएको छ,’ उनले भने, ‘अब ती क्षेत्रमै नेपालीलाई रोजगारी दिलाउने हाम्रो अबको उद्देश्य छ ।’
प्रकाशित समय १५:४७ बजे

















