गृहपृष्ठ सांसद रङमतिको प्रश्न : अर्थमन्त्रीज्यू ! हामी सँगै कर्णाली जाऔँ, कति तुइन विस्थापित भए ?

सांसद रङमतिको प्रश्न : अर्थमन्त्रीज्यू ! हामी सँगै कर्णाली जाऔँ, कति तुइन विस्थापित भए ?

सांसद रङमति शाहीले अर्थमन्त्री डा. युवराज खतिवडालाई आफूसँगै कर्णाली गएर तुइन विस्थापित भए नभएको हेर्न चुनौती दिएकी छन् । ‘अर्थमन्त्रीज्यू ! सदनमा सांसद ढाँटेजस्तो हुँदैन, हामी सँगै कर्णाली जाऔँ, कति तुइन विस्थापित भए, हेरेपछि थाहा भइहाल्छ,’ बजेटमाथिको छलफलमा भाग लिँदै उनले भनिन् ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम झारपात उखेलेर रोजगार हुने हो र ? भन्दै उनले प्रश्न गरेकी छन् । एकदिन गोष्ठी र सेमिनार गरेर छाउपडी र बलात्कार नरोकिने उनको भनाइ छ ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु