गृहपृष्ठ चिन्नुहोस् संविधान संशोधनबाट पन्छिने यी सांसद
चिन्नुहोस् संविधान संशोधनबाट पन्छिने यी सांसद
मुलुकको सार्वभाैम सत्ता र अखण्डतासँग जोडिएको नेपालको पूर्ण नक्सलाई संविधानको अनुसूचीमै सामेल गर्ने गरी भएको संविधान संशोधन प्रक्रियामा १२ जना सांसदहरू अनुपस्थित भएका छन् ।
सत्तारुढ दलदेखि विपक्षी दलहरूले समेत आफ्ना सांसदहरूलाई संविधान संशोधन प्रस्तावका पक्षममा मतदान गर्न व्हीप जारी गरे पनि ती १२ जना सांसदहरू अनुपस्थित भएको पाइएको हो ।
प्रतिनिधि सभाका कुल २७५ जना सांसदहरूमध्ये ४ निलम्बित रहेका, सभामुख अग्नि सापकोटाले मतदान गर्न नमिल्ने अवस्थामा २५८ जनामात्र मतदान प्रक्रियामा सहभागी भए ।
नेपालको संविधान दोस्रो संशोधन प्रस्तावको विरोधमा प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरी आफूले बोल्न नपाएको भन्दै संसदको बैठक बहिष्कार गरेकी थिइन ।
संसद सचिवलयका अनुसार शनिबारको ऐतिहासिक बैठकमा अनुपस्थित हुने सांसदहरूमा समाजवादी पार्टीकै अमृतादेवी अग्रहरी, प्रमोद साह, सूर्यनारायण यादव,दुलारीदेवी खत्वेनी, रहेका छन् ।
यस्तै,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाेपालबहादुर बम, धनबहादुर बुढा, शिवकुमार मण्डल, हरिबोल गजुरेल शनिबारको बैठकमा अनुपस्थित रहे भने नेपाली कांग्रेसका नागेन्द्रकुमार चाैधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल पनि बैठकमा सहभागी थिएनन ।
रेशम चौधरी, माेहम्द आफताव आलम, विजयकुमार गच्छदार र हरिनारायण रौनियार फाैज्दारी अभियोगका कारण संसदमा सहभागी हुन पाउँदैनन ।
प्रकाशित समय १८:४४ बजे
















