गृहपृष्ठ बिमकलाई लिखित जानकारी दिन समितिको निर्देशन
बिमकलाई लिखित जानकारी दिन समितिको निर्देशन
बिमा समितिले मोटर बिमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बिमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ ।
समितिले निर्जीवन बिमा कम्पनीलाई आज मोटर बिमाको दर निर्देशिकाका बारेमा जानकारी दिँदै गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको घोषणा गरिएको अवस्थालाई दृष्टिगत गरी गत जेठ ६ गते जारी भएको परिपत्रबमोजिम थन्किएको अवधिका बारेमा बिमकलाई पूर्वसूचना दिन भनेको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सोमबारदेखि लकडाउनको ढाँचा परिवर्तन हुने निर्णय भएकाले ‘मोटर बिमा दरसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम बिमकलाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको हो । समितिले बिमकलार्ई लिखित रुपमा पूर्वसूचना दिई सोहीअनुसार गर्न/गराउनु हुन निर्देशन दिएको छ ।
प्रकाशित समय १८:२३ बजे

















