गृहपृष्ठ गण्डकीमा थप ३ जनालाई कोरोना संक्रमण, आइसोलेसनमा ल्याउने तयारी हुँदै
गण्डकीमा थप ३ जनालाई कोरोना संक्रमण, आइसोलेसनमा ल्याउने तयारी हुँदै
गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उपचार गराइरहेका ९० वर्षीय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो | उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
त्यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका १२ वर्षीय बालक र ४६ वर्षीय पुरुषमा पनि संक्रमणको पुष्टि भएको छ । उनीहरूलाई पनि तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ । गण्डकीमा संक्रमितमध्ये १६ जना निको भएर घर फर्किएका छन् । एक जनाको भने मृत्यु भएको छ ।
प्रकाशित समय १३:३७ बजे
















