गृहपृष्ठ विद्यालयमा खानेपानीका लागि महालक्ष्मी विकास बैंकको ३ लाख सहयोग

विद्यालयमा खानेपानीका लागि महालक्ष्मी विकास बैंकको ३ लाख सहयोग

महालक्ष्मी विकास बैंकले खानेपानीका लागि दुई वटा विद्यालयलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ मा रहेको श्री आनन्द भैरव आधारभूत विद्यालय र चितवनको इच्छाकामना गाँउपालिका ७ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो ।

बैँकले विद्यार्थीलाई शुद्ध पिउनेपानी व्यवस्थापनका लागि आनन्द भैरव वद्यालयलाई एक लाख ५० हजार र राष्ट्रिय माविलाई एक लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

असार २ गते बैंकको हेटौंडा शाखामा बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई डेढ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका छन् । त्यस्तै असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न कार्यक्रममा शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु