गृहपृष्ठ सुमितकुमार केडिया सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त
सुमितकुमार केडिया सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त
सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमितकुमार केडिया नियुक्त भएका छन् । असार १३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट केडियालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।
साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले एक अर्ब ८६ करोड २१ लाख ६१ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको उनले जानकारी दिए ।
प्रकाशित समय १९:०८ बजे

















