गृहपृष्ठ सिटिजन्स बैंक र सहयोगी विकास बैंकले २० गतेदेखि एकीकृत कारोबार गर्ने
सिटिजन्स बैंक र सहयोगी विकास बैंकले २० गतेदेखि एकीकृत कारोबार गर्ने
सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई आफूमा गाभेर असार २० गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।
बैकले जेठ २७ गते विशेष साधारणसभा गरी सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गराएको थियो । त्यसपछि सिटिजन्सले अन्तिम स्वीकृति लिएर एकीकृत कारोबार गर्न लागेको हो ।
सिटिजन्स बैंक र सहयोगी विकास बैंकको सेयर स्वाप रेसियो १००:९१.७५ अर्थात् सहयोगीको १०० कित्ता सेयरबराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर हुनेछ ।
प्रकाशित समय १२:२२ बजे

















