गृहपृष्ठ स्टक एक्सचेन्ज र गुडविल फाइनान्सबीच ऋणपत्र सूचीकरण सम्झौता
स्टक एक्सचेन्ज र गुडविल फाइनान्सबीच ऋणपत्र सूचीकरण सम्झौता
नेपाल स्टक एक्सचेन्ज र गुडविल फाइनान्सबीच ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले हस्ताक्षर गरेका छन् ।
मंगलबार भएको सम्झौताअनुसार प्रतिऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख ५० हजार थान १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ (ऋणपत्र) स्टक एक्स्चेन्जमा सूचीकरण भएको छ ।
कम्पनीले सर्वसाधारणसमक्ष एनआइबीएल एस क्यापिटलमार्फत् २ लाख ५० हजार थान १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ खुल्ला विक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको सो परिमाण बराबरको ऋणपत्र वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको हो ।

प्रकाशित समय १६:०७ बजे

















