गृहपृष्ठ एभरेष्ट बैंकद्वारा टेकुमा वृक्षारोपण

एभरेष्ट बैंकद्वारा टेकुमा वृक्षारोपण

एभरेष्ट बैंकले टेकुस्थित काठमाडौं महानगरपालिका १२ वडा कार्यालय वरिपरि वृक्षारोपण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको वृक्षारोपणका लागि काठमाडौं महानगरपालिका १२ र पिडिएसएस नेपालले समन्वय गरेका थिए ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डिजिएम डा. सन्धीर कुमार र वडा नं. १२ का अध्यक्ष विकास डंगोलले गरेका थिए । एभरेष्ट बैंकले जनहितका लागि विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु