गृहपृष्ठ बैंक अफ काठमाडौँद्वारा औषधी उपचारबापतको बिमा दाबी भुक्तानी
बैंक अफ काठमाडौँद्वारा औषधी उपचारबापतको बिमा दाबी भुक्तानी
बैंक अफ काठमाडौँले औषधी उपचारबापतको एक लाख रुपैयाँबराबराको बिमा दाबी भुक्तानी गरेको छ । बैंकमा मुद्दती खाता खोलेर बैंकिङ कारोबार गर्दै आएकी शुभद्रा श्रेष्ठलाई औषधोपचारको लागत खर्चबापतको रकम भुक्तानी गरिएको हो ।
बैंकका सहायक महाप्रबन्धक मनिषकुमार सिंहले बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठलाई बिमा दाबी रकम हस्तान्तरण गरेका छन् । मुद्दति खातामा रहेका सुविधाको लाभ लिन श्रेष्ठले बैंक अफ काठमाडौँको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोलेकी छन् ।
बैंकले सफलता मुद्दती खातामा रहेको बिमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा उपलब्ध गराउँदै आएको छ । बिओके सफलता मुद्दती खातामा उच्चतम ब्याजदरका साथै ११ लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।
बिमा सुविधाअन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताका लागि पाँच लाख, १८ घातक रोगहरुका लागि पाँच लाख तथा औषधी उपचारका लागि एक लाख रुपैयाँको बिमा छ ।
प्रकाशित समय १६:४० बजे

















