गृहपृष्ठ बाह्रबीसे घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाह्रबीसे घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
बाढीमा परेर हालसम्म २ जनाको मृत्यु, २ जना गम्भीर घाइते र १४ जना हराइरहेको र अरनीको राजमार्गसमेत अवरुद्ध भएको अवस्थामा तत्काल उद्दारको कार्य गर्न सरकार समक्ष माग कांग्रेसले माग गरेको छ ।
कांग्रेसले एक विज्ञप्ति जारी गर्दै बाह्रबीसे घटनाप्रति दुःख व्यक्त गरेको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले घटनास्थलमा छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेका छन् ।
उनले सिन्धुपाल्चोकका नेपाली कांग्रेसका पदाधिकारीलाई तत्काल उद्धारमा खटिन निर्देशन दिएका छन् । बाढीका कारण अमूल्य जीवन गुमाउने दुई नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरुको आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
वर्षाको समयमा हरेक वर्षझैँ यो वर्ष पनि बाढी पहिरोको घटना विकराल बन्न सक्ने स्थिति दृष्टिगत गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको २०७७ असार २२ गते बसेको बैठकले यसबारे विपत व्यवस्थापनको उच्च स्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको थियो मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित समय ११:३५ बजे
















