गृहपृष्ठ सरिता गिरी औपचारिक रुपमै पदमुक्त, उनको स्थानमा लिला सिटौला सांसद बन्ने

सरिता गिरी औपचारिक रुपमै पदमुक्त, उनको स्थानमा लिला सिटौला सांसद बन्ने

संघीय संसदमा समानुपातिक कोटाबाट सदस्य रहेकी सरिता गिरी औपचारिक रुपमै पदमुक्त भएकी छन् । समाजवादी पार्टीको तर्फबाट सांसद रहेकी गिरीको सांसद पद रिक्त रहेको संसद सचिवालयले बिहीबार सूचनामार्फत जानकारी गराएको छ ।

सरकारले दर्ता गराएको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीले उनलाई सो प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । तर गिरीले दलको ह्वीप उल्लंघन गरी प्रस्ताव फिर्ता नलिएपछि समाजवादी पार्टीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

पार्टीको निर्णयअनुसार सरिता गिरीलाई सांसद पदबाट हटाइएकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई जानकारी गराएको थियो । समाजवादी पार्टीको समानुपातिक खस आर्य कोटाबाट गिरी सांसद भएकी थिइन् । रिक्त पदमा अब बन्द सूचीअनुसार लिला सिटौला सांसद बन्नेछिन् ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु