गृहपृष्ठ कर्णाली प्रदेश सभाका संसदीय समितिको नेतृत्व निर्विरोध
कर्णाली प्रदेश सभाका संसदीय समितिको नेतृत्व निर्विरोध
कर्णाली प्रदेशसभाको संसदीय समितिको नेतृत्व निर्विरोध चयन भएको छ । आइतबार हुने निर्वाचनमा बागी उम्मेदवार नपरेपछि समितिको नेतृत्व निर्विरोध भएको हो ।
चारवटा समितिमध्ये अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा गणेशप्रसाद सिंह, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली, विधायन तथा प्रदेश मामिला समितिमा दानसिंह परियार र सार्वजनिक लेखा समितिमा दीनबन्धु श्रेष्ठ चयन भएका हुन् ।
कर्णाली प्रदेश सभाका निमित्त सचिव वीरबहादुर केसीका अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टाअगाडि मिति तोक्नुपर्ने भएकाले आइतबार १ बजेका लागि निर्वाचन समय तोकिएको छ । बागी उम्मेदवार नपरेका कारण निर्वाचन नभए पनि उक्त पदका लागि प्रस्तावक र समर्थक नभएको जेष्ठ सदस्यले अध्यक्षता ग्रहण गरी निर्विरोध अध्यक्ष पदमा चयन भएको घोषणा गर्ने केसीले बताए ।
कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम १४८ अनुसूची ५ बमोजिम सभामुखले तोकेको कार्यकक्षमा सपथ ग्रहणपश्चात उनीहरूले कार्यभार सम्हाल्ने उनले बताए ।
प्रकाशित समय २१:२० बजे
















