गृहपृष्ठ उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको प्यानलसहित उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको प्यानलसहित उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षसहितका पदमा ढकालले मंगलबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै आइएमई ग्रुपका अध्यक्ष ढकालले आफ्नो प्यानल विजयी हुने दाबी पनि गरेका छन् । ढकालले चुनाव जितेर गोल्छाकै टिमको सदस्य हुने पनि बताएका छन् । तर, गोल्छाले भने वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानको प्यानललाई समर्थन गर्ने संकेत गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा आफू बलियोसँग उभिएको महासंघ उपाध्यक्ष ढकालको भनाइ छ । ‘म शेखरजीलाई एउटा प्रश्न सोध्न चाहन्छु, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था केका लागि गरियो ?’ विगत सम्झाउँदै ढकालले प्रश्न गरे, ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने विषयमा म उभिएको हो, नउभिएको भए थाहा छैन अवस्था के हुने थियो ।’

ढकालको प्यानलबाट जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारी उठ्दैछन् । तिवारी हाल महासंघको प्रदेश ५ कमिटी अध्यक्ष छन् ।

वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने भएका छन् भने एसोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघईलाई उम्मेदवार बनाउने भएको छ ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु