गृहपृष्ठ नेपाल बंगलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बिमा भुक्तानी
नेपाल बंगलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बिमा भुक्तानी
नेपाल बंगलादेश बैंकले बिमा सुविधाअन्तर्गत दुर्घटना बिमाबापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले ल्याएको बचत खाता योजनाको बिमा सुविधाअन्तर्गतको दुर्घटना बिमाबापतको प्राप्त रकम १५ लाख रुपैयाँ स्वर्गीय शेर्पाकी पत्नी श्रीमती पेमलमु शेर्पालाई हस्तान्तरण गरेको हो ।
बैंकको धनकुटामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय सांगे शेर्पाको दुर्घटनामा परी असामयिक निधन भएकोमा उनकी पत्नी श्रीमती पेमलमु शेर्पालाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले असार २९ गते बैँकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो । बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८० वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।
प्रकाशित समय १४:४६ बजे

















