गृहपृष्ठ प्रधानमन्त्री ओलीलाई प्रचण्ड र माधव नेपालको आग्रह- पदबाट राजीनामा दिनुस्
प्रधानमन्त्री ओलीलाई प्रचण्ड र माधव नेपालको आग्रह- पदबाट राजीनामा दिनुस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । बिहीबार बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले पार्टीका अर्का अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह दोहोर्याएका हुन्।
भोलि साउन २ गते बस्ने स्थायी कमिटी बैठकअघि तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघि भने ओली र प्रचण्ड मात्र ‘वान टु वान’ वार्तामा बस्दै आएका थिए । योपटक नेता नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका ६ नेता प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ बीचको छलफलमा पनि प्रधानमन्त्रीको राजीनामा माग्ने अडान कायम राख्ने सहमति भएको बताइएको छ ।
प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राखेका थिए । तर ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा छन् ।
प्रकाशित समय १४:३१ बजे

















